कांग्रेस पदाधिकारी बैठक बस्दै, अध्यादेशबारे छलफल हुने
२०७७ पुस १ गते

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक बस्दैछ ।
मंगलबार सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसबारे उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको हो । दिउँसो १ बजे पार्टीं सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकले अध्यादेशबारे आधिकारिक धारणा तय गर्नेछ ।
प्रतिपक्ष दलका नेता र सभामुख बिना नै संवैधानिक परिषद्को निर्णय बहुमतबाट गर्न सक्ने गरी अध्यादेश ल्याएपछि कांग्रेसले यसको विरोध गरिसकेको छ । यसबारे औपचारिक धारणा तय गर्न बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
२०७७ पुस १ गते
प्रतिक्रिया
सम्बन्धित









