बालुवाटारमा संवैधानिक परिषदको बैठक जारी

काठमाडौँ । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्। बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् ।

मङ्गलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्नि सापकोटा उपस्थित नभएपछि साँझलाई सारिएको थियो । यसबीचमा मन्त्रिपरिषद्को कार्यालयको सिफारिसमा राष्ट्रपति कार्यालयले गणपूरक संख्या कटौती गर्ने प्रावधानसहितको अध्यादेश जारी गरेको थियो ।

अध्यादेशअनुसार निर्णय गर्न सहज तुल्याएपछि केही ढिलोगरी बैठक बसेको हो । अहिले जारी बैठकले संवैधानिक निकायमा रिक्त रहेका पदहरू पूर्ति गर्ने बताइएको छ । अध्यादेशमा संवैधानिक परिषद्का अध्यक्षसहित बैठकमा कायम रहेको बहुमतले निर्णय गर्न सक्नेछ ।

प्रतिक्रिया