संवैधानिक परिषद्सम्बन्धी अध्यादेश– तीन जनाको उपस्थितिमै बैठक बस्न मिल्ने [पूर्ण पाठसहित]

काठमाडौं । अबदेखि तीन जनाको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न मिल्ने भएको छ । परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसो संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश–२०७७ जारी गरेकी छन् । जुन राजपत्रमा समेत प्रकाशित भएको छ ।

योसँगै अब तीन जनाको उपस्थितिमा मात्रै पनि बैठक बस्न मिल्ने भएको हो । अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था छ ।

यता नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले भने अध्यादेश कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताएका छन् ।

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” attachment_id=”99977044894″ /]

प्रतिक्रिया