रिलायन्स लाइफले नेपाल स्टारका विजेतालाई एक करोड बराबरको बीमा योजना प्रदान गर्ने

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लि. ले नेपाल स्टारको विजेतालाई एक करोड बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ । यसको अतिरिक्त कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई पचास लाख बराबरको जीवन शान्ति बीमा योजना प्रदान गर्ने भएको छ ।

सम्झौता पत्रमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र कि एड्भर्टाइजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजाल ले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक र राम कृष्ण ढकाल लगायत कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया