अध्यादेशसम्बन्धी दीपशिखाको टिप्पणी–‘राजाको इतिहास सिद्दिएको यस्तै बुद्धिले हो’
२०७७ मंसिर ३० गते

|दीपशिखा। फाइल फोटो|
काठमाडौं । राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले मंगलबार दिउँसो जारी अध्यादेशप्रति आपत्ति जनाएका छन् ।
दीपशिखाले भनेका छन्, ‘हामीलाई प्राप्त जनमत अध्यादेशबाट देश चलाउन होइन, संसदबाट चलाउन हो । टाउको टेकेर अरुलाई उल्टो देखिरहेको मिती भ्रममुक्त होउ, राजाको इतिहास सिद्दिएको यस्तै बुद्धिले हो ।’
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएपछि सत्ताधारी नेताहरु नै असन्तुष्टि बनेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले यससमन्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।
२०७७ मंसिर ३० गते
प्रतिक्रिया
सम्बन्धित








