राष्ट्रपतिद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो उक्त अध्यादेश जारी गरेकी हुन् ।

परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख रहने व्यवस्था छ । हाल उपसभामुख पद रिक्त छ । कारणतः सभामुख अग्नी प्रसाद सापकोटा हुनुपर्छ । तर, सभामुख सापकोटा पटक–पटकको बैठकमा अनुपस्थि रहँदै आएका थिए । सभामुख उपस्थित नभएपछि गणपूरक संख्या नपुगेर दुई पटक बोलाइएको बैठक स्थगित भएको थियो ।

संवैधानिक परिषद् बैठक बस्न अध्यक्ष र अन्य ४ जना उपस्थित हुनुपर्ने व्यवस्था छ । गणपुरक संख्या पुर्याउन नसकेपछि प्रधानमन्त्री ओलीले अध्यादेशबाट बाटो फुकाएका हुनसक्ने अनुमान गरिएको छ । अध्यादेश समावेश विषय सार्वजनिक भइसकेको छैन ।

|राष्ट्रपतिव विद्यादेवी भण्डारीद्वारा जारी अध्यादेश। स्रोतः राष्ट्रपति कार्यालय|
प्रतिक्रिया