बिगबास खेल्न अस्ट्रेलिया लागे सन्दीप लामिछाने

काठमाडाैं ।क्रिकेटर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) का लागि आज अस्ट्रेलिया प्रस्थान गरेका छन् । बीबीएल सुरु भइसक्दा काठमाडौंमा रहेका उनी मंगलबार बिहान ११ बजे अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

अस्ट्रेलिया पुगेपछि उनी १४ दिन क्वारेन्टाइनमा बस्नेछन् । त्यसपछिको पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएमा उनले खेल खेल्नेछन् । सन्दीप यो सिजनको बिग बास लिग होबर्ट हुरिक्यान्समा आवद्ध छन् । उनको टोलीले अहिलेसम्म खेलेका दुई खेलमा दुवै जित हात पारेको छ ।

सन्दीप केही समय अगाडि कोरोना संक्रमीत भएपनि केही दिनको अस्पतालमा उपचार पछि उनी निको भइसकेका छन् ।

सन्दिपलाइ पिटर ह्यान्डस्कोम्बको कप्तानी गरेको हुरिक्यान्सले यो सिजनका लागि नेपालका युवा सेन्सेसन सन्दीपलाई टिममा आवद्ध गरेको हो । सन्दीपले यसअघिका दुई संस्करण मेलबर्न स्टारबाट खेलेका थिए । जसमा उनको प्रदर्शन उत्कृष्ट रहँदै आएको थियो । दुई सिजनमा गरि २६ विकेट हात पारेका छन् ।

नोभेम्बरमा दुवईमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दीप दिल्ली क्यापीटल्समा आवद्ध थिए । तर, दिल्लीले सन्दीपलाई मैदान उत्रने अवसर भने दिएन । दिल्ली गएको सिजनमा फाइनलसम्म पुग्न सफल भएको थियो ।

नेपाली क्रिकेट टीमका युवा स्टार लामिछाने आईसीसीको बरियतामा ८० औं स्थानमा छन् । उनी त्यसअघि ८१ औं स्थानमा थिए ।

प्रतिक्रिया