च्याम्पियन्स लिगको नकआउट चरणमा बार्सिलोना र पिएसजीको रोमान्चक भिडन्त

काठमाडौं । स्पेनिस महारथी बार्सिलोना र फ्रेन्च लिगको शक्तिशाली टीम पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् ।

सोमबार सार्वजनिक अन्तिम १६ को ड्रमा बार्सिलोनाले पीएसजीलाई प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना समूह जीको उपविजेता हो भने पीएसजी समूह एचको बिजेता हो ।

दुवैको प्रतिष्पर्धा रोमाञ्चक यस कारणले हुनेछ कि, यो खेलमा लियोनल मेस्सी र जुनियर नेइमार हुनेछन् । बार्सिलोनामा रहँदा एमएसएन अर्थात मेस्सी, लुइस स्वारेज र नेइमार सर्वाधिक सफल भएका थिए । बार्सिलोनामा रहँदा यीनले बार्सिलोनालाई ट्रिवल नै दिलाएका थिए । नेइमार र मेस्सीको प्रतिष्पर्धा सर्वाधिक चासोको विषय भएको छ ।

यद्यपि, नेइमार खराब ट्रयाकलका कारण गम्भिर घाइते भएकाले उनले लिगकाे पहिलाे खेल खेल्न सक्ने वा नसक्ने खुलेकाे छैन ।  लिगकाे पहिलाे खेल २ महिना पछि हुने भएकाले उनकाे खेल्ने संभावना पनि छ ।

लिगमा साविकको विजेता बार्यन म्युनिखले लाजिओ, लिभरपुलले लाइपजिग, म्यानचेष्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाख, चेल्सीले एथ्लेटिको मड्रिड, युभेन्टसले पोर्टोसँग खेल्नेछ ।

बोरुसिया डर्टमुन्डले सेभियासँग खेल्दा रियल मड्रिडले एटलान्टा प्रतिद्वन्द्वी पाएको छ ।

अन्तिम १६ को पहिलो लिग फेब्रुअरी १६, १७, २३ र २४ मा हुनेछ भने दोस्रो लिग ९,१०, १६ र १७ मा हुनेछ ।

प्रतिक्रिया