हस्तकला प्रदर्शनीमा राजदूतदेखि मन्त्रीसम्म

काठमाडौं । हस्तकला दिवसको अवसरमा नेपाल हस्तकला महासंघद्वारा आयोजित हस्तकला प्रदर्शनीको मन्त्री, सांसद राजदूतलगायले सोमबार अवलोनकन गरेका छन् । महासंघका अनुसार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री डा. शिवमाया तुम्वाहम्फे, बागमती प्रदेश सांसद राजेश शाक्य, शोभा शाक्य र नेपालस्थित पाकिस्तानी राजदूत सैयद हैदर शाह र काउन्सुलर एडनान जावेद खानले अवलोकन गरेका हुन् ।

नेपाल हस्तकला महासंघको ४८औं बार्षिकोत्सब नवौं हस्तकला दिवसको अवसरमा ललितपुर हस्तकला संघले दीप प्रज्वलन गरेको छ । हस्तकला वर्ष उद्घाटनको अवसरमा ललितपुरको मंगलबजार मन्दिर परिसरमा दीप प्रज्वलन गरिएको संघका अध्यक्ष विश्राम सिंहले बताए । हस्तकला वर्षको अवसरमा संघले पनि महासंघसँगको सहकार्यका वार्षिक रुपमा हस्तकला  प्रवर्द्धन सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने पनि उनले जानकारी दिएका छन् ।

नेपाल हस्तकला महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई समेत स्वागत गरेको छ । सोमबार हस्तकला महासंघ सचिवालयमा आयोजित स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यले सगुन दिएर स्वागत गर्दै सहकार्यमा जोड दिएका थिए ।

प्रतिक्रिया