मेरिल्याण्ड कलेज विराटनगरमा ‘हल्ट प्राइज’ को अन-क्याम्पस सम्पन्न

काठमाडाैं । नेपाल सहित विश्वका १ सय २२ देशमा विद्यार्थी माझ आयोजना भइरहेको ‘हल्ट प्राइज २०२०’ को विराटनगरको मेरिल्याण्ड कलेजका वल्भरह्याम्टन विश्वविद्यालयका बिबिएमका विद्यार्थीहरुले अन-क्याम्पस कार्यक्रम सम्पन्न गरेका छन् ।

कलेज परिसरमा शनिबार आयोजना भएको फिनालेमा कलेजका १२ वटा टिमले प्रतिस्पर्धा गरेकोमा बिज स्कवाड टिम प्रथम भएको थियो भने दि चर्मर्स दोस्रो तथा इलिमुनेट टिमले तेस्रो स्थान प्राप्त गरेका थिए । उक्त कार्यक्रममा उद्योगी महेश जाजु, प्रकाश मुन्डरा, प्राइम बैंकका प्रदेश १ प्रमुख डिमन श्रेष्ठ, अर्थशास्त्री डा. पीके झा निर्णायकको रुपमा रहेका थिए ।

प्रतियोगिताको विजेता टिमले रिजनल प्रतियोगितामा सामेल हुन् जाने छन् भने दोश्रो र तेस्रो स्थानमा रहने टिमले नगद पुरस्कार पाउने छन् । युवाहरुलाई सामाजिक उद्यमशिलाता क्षेत्रमा उत्प्रेरणा दिने उद्देश्यले हल्ट फाउन्डेसनले आयोजना गरेको उक्त कार्यक्रममा बिजेता हुने टिमले १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने हल्ट प्राइजका कलेज निर्देशक रोनक आग्रवालले बताए ।

प्रतिक्रिया