सरकार भ्रष्टाचारमा लिप्त छ- नेता महत

चितवन । नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको आरोप लगाएका छन् । सोमबार नेपाली कांग्रेस चितवनले गरेको सरकार विरुद्धको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता महतले वर्तमान सरकार भ्रष्टाचारीकाे संरक्षणमा लागेको बताएका हुन् ।

‘अनियमितता र भ्रष्टाचार गर्नेहरुलाई केपी ओली सरकारले नै बचाउ गरेका छ’, नेता महतले भने, ‘यो नेपाली जनताको लागि स्वीकार्य छैन ।’ सरकारको क्रियाकलापलाई नजिकबाट नियालिरहेको कांग्रेसले कोरोना भाइरस संक्रमणको जोखिमले निम्त्याएको असहज परिस्थितिका कारण सडकबाट संघर्ष गर्न नसकेको पनि अहिले सडकमा आउन बाध्य पारेको उनको भनाइ थियो ।

कोरोना भाइरस संक्रमण भएयता सरकारले त्यसको रोकथाम र नियन्त्रणको लागि पनि सरकारले आवश्यक काम गर्न नसकेको उनले बताए । सरकारको गवतिविधि विरुद्ध नेपाली कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको छ । सोही क्रममा चितवनमा पनि विरोध प्रदर्शन गरिएको हो ।

भरतपुरको चौबीसकोठीबाट सुरु भएको विरोध प्रदर्शन नारायणगढको पुलचोकमा पुगेर सभामा परिणत भएको थियो । प्रदर्शनमा केपी ओलीविरुद्ध कांग्रेसका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

प्रतिक्रिया