नेपाललाई भट्टराईकाे १३ जवाफ ‘१५ वर्ष अपुतालीमा पार्टी चलाउँदा एमालेलाई भाले न पाेथी बनाउनु भाे’

गुरु भट्टराई

सत्तारूढ नेकपा भित्रकाे विवादमा नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईले बरिष्ठ नेता माधब नेपाललाई काउन्टरी जवाफ दिएका छन् । हिमालयन टेलिभिजनबाट प्रशारित कार्यक्रम यक्ष प्रश्नमा बरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न आराेप लगाएकाे प्रति उनले जवाफ दिएका हुन् ।

भट्टराईले नेपाललाई  २०५० सालमा मदन भण्डारीकाे मृत्युपछि अपुताली खाएर पार्टीकाे महासचिव भएकाे आरोप लगाएका छन् । नेपालले आफु पावरमा हुँदा समेत नेकपा एमालेलाई केही नगरेको भन्दै प्रधानमन्त्री हुन तत्कालिन राजाको खुट्टामा ढोगेको समेत भनेका छन ।

हेर्नुहाेस् उनकाे भनाइ

१. २०५० सालमा मदन भण्डारीलाई मारियो : अपुताली खान आएका क. माधव नेपाल झन्डै १५ बर्ष पार्टी प्रमुख हुनु भो । उहाँ तागतमै हुँदा पनि एमालेको पहिचान न पोथी न भाले बनाउनु भो । महाराजसँग प्रम हुन खुट्टामै ढोग्नु भो, महाराजले पनि लात हान्दिए ।

२. नेपालमा माओबादी नरसंहार हुनुमा तात्कालिन एमालेको बुर्जुवा र अवसरबादी राजनीति पनि जिम्मेबार छ । क. मामाले त्यसबेला पार्टीको नेतृत्व गर्नुहुन्थ्यो ।

३. २०६४ सालको निर्वाचनमा एमाले ३३ सिटको लज्जाजनक स्थितिमा आयो । यो झन्डै ११-१२ प्रतिशत थियो ।

४. पार्टीको बिजोक भएपछि लाजले मामा कामरेडले पार्टी प्रमुखबाट राजीनामा गरेर जिम्मेबारीबाट टाप कस्नु भो ।

५. माओवादीले निर्वाचन जितेर अन्य दललाइ पुछ्छर बनायो । एमाले नेका प्रचण्डको पिंधको झिंगा धपाउँदै हिँडे ।

६. आफै निर्वाचन हारेका ओलीले भने माओवादीको जितलाई पिपलमाथी उम्रेको बनमारा, डेक्चीमा उम्लिएको दुध, मुसा मोटाएर हात्ती हुँदैन । जंगलबाट आएको माओवादीको आयु २० बर्ष हो । ५२ सालमा सुरु भएको उग्रबामपन्थ ७२ सालमा सकिन्छ भन्नु भो । माओवादी ७२ सालसम्म आउदा झन्डै बिघटनकै स्थितिमा पुग्यो ।

७. क्रान्तिका नाममा जातिय र क्षेत्रिय रुपमा मुलुक बिभाजन गर्न खोज्दा कांग्रेस बरु लतारियो तर केपी ओली त्यसका बिरुद्ध लडिरहे ।

८. मुलुकलाई जातिय र क्षेत्रिय एजेन्डाबाट मुक्त गर्नु पर्छ भनेर केपी ओलीले एजेन्डा उठाए र निर्वाचनमा जाँदा माओबादी लगभग परास्त भो ।

९. संविधान निर्माणका बेला मुलुक संबैधानिक हिसाबले नै बिखन्डन गर्ने बिदेशी योजना आयो । संबिधानमै जातीय क्षेत्रीय एजेन्डा लेख्न अधिकतम प्रयास भो तर त्यसको पनि ओलीले प्रतिबाद गरे । ३३ सिटको पार्टी दुइ तिहाइको हैसियतमा पुर्याए । आफु हारिन्छ कि भनेर आफ्नो निर्वाचन क्षेत्रबाट अर्को टोल जान सकेनन माधव, प्रचण्ड, झलनाथहरु तर आफ्नो निर्वाचन क्षेत्रमा तीन दिन बिताएका बिरामी ओलीले मुलुकभर ८० वटा सभामा भाषण गरे ।

१०. संबिधान जारी नगर्न भारतले दुत पठायो र ओलीले नमान्दा नाकाबन्दी लाग्यो ।

११. भारतको नाकाबन्दी परास्त गर्ने मात्रै हैन, समस्या समाधान गर्न भारतीयहरु बारम्बार नेपाल भ्रमण गर्दैछन । हिजो हाम्रा प्रम उता गएर कान समातेर उठबस गरेर आउँथे । आज दिल्ली तारन्तार चार्टर्ड फ्लाइट लिएर भएपनि बालुवाटार धाउँदैछ ।

१२. बिगत ६० बर्ष देखी लुटिएको कालापानी लगायतको भुभाग भारतले छोडेर जानुपर्छ भनेर केपी ओलीले अडान राखे, नक्सा जारी भो ।

१३. मुलुक बिकास उन्नतिका ठुला कुरा गर्न सक्छ र भन्ने भएका बेला जनजन सम्म बिकासका एजेन्डा बहस र छलफलमा पुर्याउने नेता केपी ओली हुन । मजाक गर्नेहरु आफैं लज्जीत हुँदै छन ।

जातीय क्षेत्रिय मुद्दा परास्त गर्ने केपी ओली, म नेपाली हुँ भन्ने आत्मशान जगाउने केपी ओली, मरेको राष्ट्रियता उठाउने केपी ओली, भारतसँगको एकल निर्भरता अब हुदैन भनेर बिश्व पुग्न चीनसँग १ दर्जन सम्झौता गर्ने केपी ओली, मुर्झाएको बिकासको चेत गाउँ गाउँ कुना कन्धराको बहसमा पुर्याउने केपी ओली ।

अनि ? अनि हिजो नालायक र सर्बाधिक अलोकप्रिय सत्ता चलाएकाहरुले उनै केपी ओलीलाई हुँडारले हात्ति घेरे झै घेरेर सिनोको आशमा तान्डव मच्चाउँदा तिनको पछि कुद्नु पर्ने ? यस्तो जघन्य अपराध कमसेकम मुलुकप्रति गर्न मिल्दैन ।

अहिले घेराउ गर्ने कुनै पनि हुँडार साकाहारी हैनन, जनताका हाड छाला खान नपाएर दाम्रो पेटले चिच्याएका मात्र हुन । गम्भीर बनौं । ओली ओली मात्रै हैनन, उनको विकल्प लोकतन्त्रको अवशान हो नेपालमा । हामी कुन बाटो हिँड्ने ? छनौट हाम्रै हो ।

लेखक भट्टराई नेपाल रेलवे कम्पनीका महानिर्देशक हुन् ।

प्रतिक्रिया