‘ओली सरकार इतिहासकै भ्रष्ट’ 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (देशव्यापी प्रदर्शन गरिरहेको छ । पार्टीका शीर्ष नेताहरू प्रदर्शनमा सहभागीता जनाउन विभिन्न जिल्लामा पुगेका छन् ।

यसै शिलशिलामा कैलाली पुगेका कांग्रेसका युवा नेता गगन थापाले भ्रष्टाचार, कमिसन सबै प्रधानमन्त्रीको इच्छा बमोजिम चलेको आरोप लगाएका छन् । कैलालीमा साेमबार आयोजित कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले भने, ‘भ्रष्टाचार, घुसखाेरी सबै प्रधानमन्त्रीकाे इच्छा बमाेजिम चलेकाे छ । नेपाल सरकार संलग्नतामा भएको एउटा पनि भ्रष्टाचारको काण्ड प्रधानमन्त्रीको संरक्षण विना भएको छैन ।’

यस्तै उनले निर्मला पन्तदेखि निर्जला चौधरीको बलात्कार र हत्यामा संरक्षण गर्ने गृहमन्त्री, बालुवाटारको जग्गा हडप्ने अर्थमन्त्री अनि स्वास्थ्य सामग्री खरिदमा कमिसन खाने प्रधानमन्त्रीको सबैभन्दा विषेश मन्त्री भएको सरकार बनेकाे भन्दै भ्रष्टाचारी खाेज्न कहीँ नगइ बालुवाटार गए हुने टिप्पणी गरे । ‘ओली सरकार इतिहासकै भ्रष्ट हाे । लोभीपापीहरुको मञ्च मात्र हाे । ओली र प्रचण्डबीच लोभ र डरमा रातारात एकता भएको हाे ।’, सांसद थापाले भने ।

प्रतिक्रिया