सडक ओर्लिएको कांग्रेस भन्छ–‘सर्वसत्तावादी ओली सरकार ! मुर्दावाद’ [७ तस्वीरमार्फत् हेरौँ]

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा उत्रिएको छ । प्रदर्शनमा नेता/कार्यकर्ताको उत्साहजनक सहभागिता देखिएको छ ।

कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गरिरहेको छ । यसैबीच यता काठमाडौंमा पनि सयौंको संख्यामा कांग्रेस नेता/कार्यकर्ताहरु सडकमा ओर्लिएका छन् । उनीहरुले सर्वसत्तावादी ओली सरकार मुर्दावादलगायतका नारा लगाएका छन् । काठमाडौंको प्रदर्शनलाई वरिष्ठ नेतामा रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै सभापति शेरबहादुर देउवाले हेटौंडा पुगेका छन् । महामन्त्री शशांक कोइरालाले विराटनगर, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, सहमहामन्त्री प्रकाशशरण महत झापा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।

कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासीनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार तथा अनियमितता, औषधि अभाव, महिला हिंसा तथा बलात्कार, कुशासनलगायतको विरोधमा सडक उत्रिनुपरेको कांग्रेसले बताएको छ ।

७ तस्वीरमार्फत् हेरौँ–

प्रतिक्रिया