काठमाडाैंमा सुरू भयाे कांग्रेसकाे प्रदर्शन (फाेटाेफिचर)

काठमाडाैं । काठमाडाैंमा नेपाली कांग्रेसकाे प्रदर्शन सुरू भएकाे छ । उक्त प्रदर्शनमा कांग्रेसका वरिष्ठ रामचन्द्र पौडेलले पनि उपस्थित छन् । काठमाडाैंकाे प्रदर्शनमा उनले सम्बाेधन गर्ने तयारी छ ।

प्रदर्शनमा नेता/कार्यकर्ताकाे उत्साहजनक सहभागिता देखिएकाे छ । कांग्रेसले आज देशका ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । सभापति शेरबहादुर देउवाले हेटौंडा, महामन्त्री शशांक कोइरालाले विराटनगर, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा, सहमहामन्त्री प्रकाशशरण महत झापा, उपसभापति विमलेन्द्र निधिले भक्तपुरकाे प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएकाे छ ।

यस्तै मुख्यसचिव पौडेलले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, सहमहामन्त्री प्रकाशशरण महत झापा, युवा नेता गगन थापा कैलालीकाे प्रदर्शनमा सहभागी हुँदैछन् । आन्दोलनलाई सफल बनाउन शीर्ष नेताहरू सबै नेताहरू आ–आफ्नो तोकिएको जिल्लामा पुगिसकेका छन् ।

कोभिड–१९ को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार, औषधि अभाव, महिला हिंसा तथा बलात्कार, कूशासन, भ्रष्टाचार र अधिनायकवादका विराेधमा सडकमा उत्रिएकाे कांग्रेसकाे भनाइ छ । आजकाे प्रदर्शनमा कांग्रेसले वरिष्ठ नेता पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडककाे विषय पनि उठाउनेछ ।

प्रतिक्रिया