सुनसरीका सात पत्रकारले पाए कोरोना बीमाकाे एक लाख

सुनसरी । सुनसरीका सात जना पत्रकारले नेपाल प्रेस युनियनको पहलमा गरिएकाे कोरोना बीमा वापतकाे एक लाख रकम प्राप्त गरेका छन् । कोरोना संक्रमण भएका सुनसरीका ७ जना पत्रकारहरुलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।

प्रेस युनियनले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना बीमा गराएकाे थियाे । उनीहरुमध्ये ३२ जना पत्रकारहरु कोरोना संक्रमित भएका थिए । अध्यक्ष अधिकारीले भने, ‘दशैंअघि नै एकजना पत्रकारलाई एक लाख रुपैँया उपलब्ध गराइएकाे थियाे,’ अधिकारीले भने, ‘आज ६ जना कोरोना पीडित पत्रकारहरुलाई रकम हस्तान्तरण गरेका हाैँ ।’

उनले बीमाकाे रकम राम्रो ठाउँमा सदुपयोग हुने आशा समेत व्यक्त गरेका छन् । बीमा रकम पाउन बाँकी रहेका अन्य २५ जनाको लागि पनि बीमा कम्पनीसँग सहकार्य भइरहेकाे उनले जानकारी दिए ।

प्रतिक्रिया