दराज १२.१२ मा सिम टिभी र डिशहोमको सहकार्य

काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिमटिभीबीच सहकार्य सुरु भएको छ । दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य गरेको हो । सिम टिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा हो ।

यो अभियान मंसिर २७ बाट सुरु भएर पुस ३ सम्म सञ्चालन हुनेछ । ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो ।

यस अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रतिक्रिया