पोखरीमा डुबेर एकैपरिवारका दुईसहित तीन बालिकाको मृत्यु

काठमाडौं । तेह्रथुममा पौडी खेल्नेक्रम डुबेर ३ बालिकाको मृत्यु भएको छ । जिल्लाको छथर गाउँपालिका-६ सुदापमा तरकारी खेतीका लागि बनाइएको प्लास्टिकको पोखरीमा डुबेर एकैपरिवारका दुईसहित तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहाना रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता कोमल ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल लाने तयारी भइरहेको छ ।

घटना शनिबार साँझको हो । दिउँसो घरबाट खेल्न निस्किएका तीनै जना अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा प्लास्टिक पोखरीमा डुबेको अवस्थामा शव भेटिएको थियो ।

प्रतिक्रिया