पत्रकार महासंघ चितवनको साधारण सभा : १३ जना पत्रकार पुरस्कृत

ध्रुवराज खनाल-

चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको साधारण सभाको अवसरमा जिल्लाका १३ जना पत्रकारहरुलाई विभिन्न विधामा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

साधारण सभाकै अवसरमा मैयादेवी पत्रकारिता पुरस्कार हरिप्रसाद पोख्रेल र दीपेन्द्र वडुवाल, अनन्तगंगा पत्रकारिता पुरस्कार रेशम विरही र ईश्वर जोशी, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कार अनिता आर्याल र सविता दराईलाई प्रदान गरिएको हो ।

यस्तै बालकुमारी विष्णुकुमारी अभ्यूदय पत्रकारिता पुरस्कार सरिता महतो र सुजिता हमाल, औद्योगिक पत्रकारिता पुरस्कार होमनाथ सापकोटा ,प्रवीण बराल, स्वर्गीय तिलचन साँखी स्मृति पत्रकारिता पुरस्कार अनिल ढकाल र नारायण सापकोटा, उत्तरध्वज सूर्यकुमारी पत्रकारिता पुरस्कार सूर्य पाठकलाई प्रदान गरिएको छ ।

साधारण सभामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेल र शाखाका अध्यक्ष राधेश्याम खतिवडाले नगद र दोसल्ला ओढाएर उनीहरुलाई पुरस्कृत गरेका हुन् ।

सो अवसरमा वरिष्ठ उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारिता क्षेत्र सधैँ अफ्ठ्यारोमा रहेको भन्दै कानुनले पत्रकारको सुरक्षा गर्न नसक्नु र श्रमको मूल्य प्राप्त गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताए ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न सभाले सचिव तीर्थ नेपालको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाशमणि ज्ञवालीको आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस संगठन नेपालका बागमती प्रदेश इन्चार्ज विश्वमणि सुवेदी, महासंघका केन्द्रीय सदस्यहरु सृजना अर्याल, कृष्ण गिरी, पुरुषोत्तम सुवेदी, पुरस्कारदाताका तर्फबाट टंकनाथ पौडेल, सम्मानितका तर्फबाट रेशम विरही, बागमती प्रदेश सञ्चार रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका बागमती प्रदेश अध्यक्ष प्रताप बिष्ट, महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमिल्सिना, मकवानपुर जिल्ला अध्यक्ष हरि हुमागाईंलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया