पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन

काठमाडौं । पूर्व परराष्ट्र उपसचिव सत्य प्रसाद जोशीको निधन भएको छ । जोशीको हेम्स हस्पिटल मण्डीखाटार काठमाडौंमा हृदय घातका कारण गएको मङ्सिर २४ गते ८५ वर्षको उमेरमा निधन भएको थियो ।
डोटी जिल्लाको सिलगढी निवासी सत्य प्रसाद जोशी परराष्ट्र सेवामा करिब २६ वर्ष भन्दा बढी सेवा गरी रसिया, भारत, बङ्गलादेशको वाणिज्य दूतावास तथा राजदूतावासमा प्रथम सचिव र परराष्ट्र वरिष्ठ उपसचिवको हैसियतले सेवासमेत गरेका थिए ।
उनी सवैका मिलनसार कर्तव्यनिष्ठ जिम्मेवार बोध गर्ने राष्ट्र सेवकको थिए । स्वर्गीय जोशीका श्रीमती र चार छोरीहरू छन् ।
प्रतिक्रिया