फिफा अवार्डमा मेस्सी, रोनाल्डो र लेवान्डोस्कीको प्रतिष्पर्धा

काठमाडौं । वेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्डको विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको हो ।

फिफाले शुक्रबार सार्वजनिक गरेको अन्तिम ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् । यसअघि फिफाले ११ खेलाडीको मनोनयन सार्वजनिक गरेकोमा त्यसबाट अन्तिम ३ खेलाडी छनोट गरेको हो ।

डिसेम्बर १७ मा आयोजना हुने अवार्ड प्रतियोगिताका लागि उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधाको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक गरिएको छ ।

बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो ।

दी बेस्ट फिफा वुमन्स प्लेअर तर्फ लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड मनोनयनमा परेका छन् । दी बेस्ट फिफा वुमन्स गोलकिपरमा साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहरको नाम छ ।
यता दी बेस्ट फिफा मेन्स गोलकिपरमा एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक छन् ।

दी बेस्ट फिफा वुमन्स कोचमा एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन मनोनयनमा पर्दा फिफा मेन्स कोचमा मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोपको नाम छ ।

फिफा पुस्कास अवार्डका लागि जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज मनोनयनमा परेको फिफाले जनाएको छ ।
अवार्ड यहि डिसेम्बर १७ मा प्रदान गरिने कार्यक्रम रहेको छ । गत वर्ष फिफा बेस्ट प्येर मेन्सकाे उपाधि लियाेनल मेस्सीले  ४६ अंक सहित प्राप्त गरेका थिए ।

प्रतिक्रिया