आज मंसिर २७ गते शनिबार, कस्ताे छ आजकाे बार बेला र राशिफल ?

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २७ गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर १२ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–त्रयोदशी,४९ घडी १३ पला,रातको ०२ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा,५१ घडी ३६ पला,रातको ०३ बजेर २५ मिनेट उप्रान्त अनुराधा । योग–अतिगण्ड,११ घडी ५५ पला,बिहान ११ बजेर ३३ मिनेट उप्रँन्त सुकर्मा । करण–गर,दिउसो ०३ बजेर ३७ मिनेट उप्रान्त वणिज,रातको ०२ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–तुला,बेलुकी ०९ बजेर ४९ बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४६ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट । दिनमान २५ घडी ५४ पला ।

शनि–प्रदोष व्रत। काठमाडौंको पशुपतिक्षेत्र, नुवाकोटको तारुकाघाट, झापास्थित शताक्षीधाम र अर्जुनधारा, रामेछापको त्रिवेणी, खोटाङस्थित हलेसी महादेवस्थान लगायत शिवालय एवं तीर्थस्थानहरूमा बाला चतुर्दशी मेला सुरु।

आजको बार बेला ।
बिहान ०६ बजेर ४६ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ४७ मिनेटदेखी बिहान ८ बजेर ०४ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ०५ मिनेटदेखी बिहान ९ बजेर २२ मिनेटसम्म रोग  बेला ।
बिहान ०९ बजेर २३ मिनेटदेखी बिहान १० बजेर ४० मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ४१ मिनेटदेखी बिहान ११ बजेर ५७ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५८ मिनेटदेखी दिउसो १ बजेर १५ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १६ मिनेटदेखी दिउसो २ बजेर ३३ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३४ मिनेटदेखी दिउसो ३ बजेर ५० मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ५१ मिनेटदेखी बेलुकी ६ बजेर ५० मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर २१ मिनेटदेखी बिहान १० बजेर ३९ मिनेटसम्म रहने ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवन साथिको माध्यामबाट घरपरिवारमा सुख समृद्धी बढ्नेछ भने आफन्तका साथ सँगै बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बौद्धिक क्षमताले सम्मान दिलाउनेछ । भौतिक तथा विलाशी बस्तुको कारोबारमा समान्य बृद्धि हुनेछ । उचित प्रेममात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दा मामिलामा विजयको योग रहेकोछ ।  रोकिएका काम केही समय दिएर फत्ते गर्न सकिने हुनाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । दैनिक उपभोग्य र औषधीजन्य सामानको व्यापारमा बृद्धि हुनाले आर्थिक रुपमा दैनिकी सहज हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्ने हुनाले दिगो फाइदा हुने काम सुरु गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) हतार गरेर गरिने कुनैपनि कामको नतिजा राम्रो नआउने हुनाले काम गर्दा ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिए स्वास्थ्य तथा पेट सम्बन्धी समस्या आउन सक्छ । उपाहार प्राप्तीको योग भएपनि टरेर जानेछ । माया प्रेममा सामान्य बिवाद हुनेछ भने जीवन साथिसँगको मनमुटाबले काम गर्न असहज हुनेछ । अन्य क्रियाकलापमा व्यास्त रहनाले पढाइ लेखाइमा नतिजा अरुतिरै जानेछ ।
https://youtu.be/4sZCkEQdgSk

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) घरायसी वातावरणमा केही असामान्य अवस्थाको सिर्जना हुनेछ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा अस्थिरता आउने तथा आत्मविश्वासमा कमी हुनेछ भने निर्णायक क्षमतामा कमी आउने छ । अर्काको भर पर्दा काम धन्दा थाति रहनेछन् । तरपनि नयाँ काम गर्दै हुनुहुन्छ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु आजको दिन राम्रो हुनेछ । कृषि क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापारमा मनग्ये धनलाभ हुनेछ भने नयाँ काम गर्न सकिनेछ । दाजुभाई तथा साथीभाइले राम्रै सहयोग गर्ने हुनाले रचनात्मक काममा जुट्न सकिनेछ । लामो समयदेखि रोकिएका काम पुनः सुचारु गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । तरपनि यात्र गर्दा ध्यान दिनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अरूका लागि समय र श्रम खर्चनु पर्दा पन खिन्न हुनेछ ।  समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । तपाईँको डाहा गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनु पर्ने अवस्गा आउनेछ । नीति नियमलाई बेवास्ता गर्दा चुनौती, दण्ड र जरिवाना तिर्नुपर्ने हुन सक्छ । तरपनि पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आफन्त तथा कुटुम्बबाट सहयोग प्राप्त हुनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) बिद्या तथा प्रतिस्पर्धामा विजय प्राप्त गर्न निकै समय खर्चनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने सम्भावन रहेकोछ । गरेका काममा ढिलासुस्ती र अवरोधको सामना गर्नुपर्ने हुन सक्छ । श्रमको उचित प्रतिफल पाउन प्रतीक्षा गर्नुपर्ला । पारिवारिक समस्याले ज्ञान र बौद्धिकताका क्षेत्रमा समय दिन सकिने छैन । तरपनि व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ गर्न सकिनेछ । अग्रज तथा जान्ने बुझ्ने मानिसको राय लिन राम्रो मानिन्छ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्य सम्बन्धी समस्या आउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर  जानेछ । अनाबस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइ कमजोर रहनेछ । प्रेममा धोका तथा बिश्वासघात हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावासायमा भनेजस्तो आम्दानी गर्न प्रशस्त समय खर्चनु पर्ने भएपनि बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पशुपालन तथा कृषि क्षेत्रबाट भनेजस्तो लाभ लिन सकिनेछ । पढाइ लेखाइमा प्रगती हुनेछ भने बौद्धिक प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । ठूलाबडाको सहयोगले रोकिएको कामहरु बन्नसक्छ । आत्मबल बढ्नेछ भने शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावकको आशीर्वाद प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समाजको नेतृत्व बहन गर्नुपर्ने समय भएकाले सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान प्राप्त हुनेछ । साथी तथा आफन्तसँग भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जग्गा जमिनको कारोबारबाट केही मात्रामा फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ भने प्रयत्न गर्दा पद प्राप्तीको गतिलो योग रहेकोछ ।  स्वास्थ्य सबल रहने हुनाले व्यवसायिक क्षेत्र र कृषि क्षेत्रमा समय लगानि गरि आम्दानी बढाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  आफन्तको सहयोग नपाईनाले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । स्वास्थ्य सम्बन्धी समस्या आई कमजोर भएको अनुभूति हुनेछ । पढाइ लेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा मन्दी आउनेछ  । छोटो दुरिको धार्मिक यात्रा हुने भएपनि बाटोमा दुःख हुन सक्छ ध्यान दिनुहोला । माया प्रेममा एक अर्कालाई शंकाको दृष्टिले हेदा मनमुटाब बढ्नेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामप्रति लगनशीलता बढ्ने भएपनि उपलब्धि न्यून हुनेछ । आज गरिने काममा अवरोधको सामना गर्नु पर्नेछ । दैनिक कामकाजको चाप बढ्न सक्छ । घरायसी प्रयोजनका विषयमा खर्च बृद्धि हुनेछ । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीसँग राय बाजिनेछ । तरपनि नसोचेको धन सम्पती हात लाग्न सक्छ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया