राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण

काठमाडौं । नेपालको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस (काेभिड १९) संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान पीसीआर परीक्षण गर्दा उनकाे रिपाेर्ट पाेजेटिभ आएको हो ।

पूर्व कप्तान खड्काले संक्रमणकाे सामान्य लक्षण देखिएपछि दुई दिनदेखि स्वास्थ्य मापदण्ड पुरा गरेर आफू सेल्फ आइसोलेसनमा बसेकाे बताएका छन् ।

काेराेना संक्रमणका कारण उनी भाेलि शनिबारदेखि चितवनमा हुन लागेकाे गौतम बुद्ध कपमा उपस्थित हुने छैनन् ।

प्रतिक्रिया