एकै प्रकृतिका संघलाई एक हुन निर्देशन

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयबाट गठित विबाद समस्या समाधान तथा सहजिकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)का उपाध्यक्ष शिव कोईराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन् खेलाईने नियम पनि एउटै छ ।

समितिले अन्तरिक विबादमा रहेका संघलाई पनि यथा सिध्र विबाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धीत संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन गर्न भएको छ ।

संयोजक कोईरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य सञ्चालन विधि तयार गर्ने निर्णय गरेको छ । संघहरुमा बेला बखत देखिने नितिगत ब्यवस्थापकिय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनिति तयार गर्ने निर्णय गरेको छ ।

युवा तथा खेलकुद मन्त्री स्तरिय निर्णय अनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोईराला लगायत ७ सदस्य टिममा सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय, खेलकुद महा शाखा, राखेप सदस्यत्रय गोबिन्द भट्राई, पुरेन्द्रबिक्रम लाखे, नन्दा बस्याल, राखेप कानुन शाखा प्रमुख नारायणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रवहादुर कार्की रहेका छन् ।

 

प्रतिक्रिया