एकै प्रकृतिका संघलाई एक हुन निर्देशन

काठमाडाैं । युवा तथा खेलकुद मन्त्रालयबाट गठित विवाद समस्या समाधान तथा सहजीकरण समितिले एउटै प्रकृतिका संघहरुलाई एउटै संस्था बनाएर खेलकुदको विकासमा भूमिका निर्वाह गर्न निर्देशन गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला संयोजक रहेको समितिको मंसिर २५ गते बसेको पहिलो बैठकले उक्त निर्णय गरेको हो । राखेपमा दर्ता भएका कतिपय संघहरु एउटै प्रकृतिका छन्, खेलाईने नियम पनि एउटै छ ।

समितिले अन्तरिक विवादमा रहेका संघलाई पनि यथा शिघ्र विवाद सामाधान गरि खेलकुद विकास ऐन २०७७ तथा सम्बन्धित संघको ऐन अनुसार कार्यान्वयनमा आउन निर्देशन गर्न भएको छ । संयोजक कोईरालाको अध्यक्षतामा बसेको बैठकले समितिको कार्य संचालन विधि तयार गर्ने निर्णय गरेको छ ।

संघहरुमा बेला बखत देखिने नितिगत ब्यवस्थापकिय तथा अन्य समस्याहरुलाई दीर्धकालीन रुपमा सामाधान गर्न रणनिति तयार गर्ने निर्णय गरेको प्रचार प्रसार शाखा प्रमुख दुर्गाप्रसाद दुलाले जानकारी दिए ।

युवा तथा खेलकुद मन्त्री स्तरिय निर्णय अनुसार मंसिर २२ गते गठित समितिमा संयोजक कोईराला लगायत ७ सदस्य टिममा सदस्यहरुमा युवा तथा खेलकुद मन्त्रालय, खेलकुद महा शाखा, राखेप सदस्यत्रेय, गोबिन्द भट्राई, पुरेन्द्रविक्रम लाखे, नन्दा बस्याल, राखेप कानुन शाखा प्रमुख नारयणराज अर्याल र सचिवमा राखेप संघसंस्था प्रमुख इन्द्रबहादुर कार्की रहेका छन् ।

प्रतिक्रिया