संखुवासभाका ७५ वर्षीय बृद्धको वीपीमा मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संखुवासभाका एक कोरोना संक्रमितको मृत्यु भएको छ । संखुवासभा सभा पोखरी–१ का ७५ वर्षीय बृद्धको कोरोनाका कारण मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता चुरामणी पोखरेलका अनुसार उनी प्रतिष्ठानको कोभिड अस्पतालमा मंसिर १० गते भर्ना भएका थिए । उनको गएराती १२ः३० मा मृत्यु भएको हो ।

उनमा लामो समयदेखि क्रोनिक ब्रोन्काइटिस निमोनिया थियो ।

प्रतिक्रिया