पुस २ देखि काठमाडाैं-दिल्ली उडान

काठमाडौँ । काराेना भाइरस (काेभिड १९) महामारी नियन्त्रणका लागि बन्द गरिएकाे नेपाल-भारत हवाइ उडान आउँदो पुस २ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

भारतमा बढ्दाे संक्रमणका कारण बन्द रहेकाे हवाइ उडान नाै महिनापछि मात्रै सुरू हुन लागेकाे हाे । ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न नेपाल-भारतबीच सहमति भएकाे हाे ।

नेपाल र भारतीय नागरिकले मात्रै यात्रा गर्न पाउने गरी दुई देशबीच पुनः हवाई सुचारु हुन लागेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार नेपाल एयरलाइन्स र एयर इन्डियाले मात्रै हवाई उडानकाे अनुमति पाएका छन् ।

नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउने जनाइएकाे छ ।

प्रतिक्रिया