फुटबल खेलाडीको तलब बढ्यो, महिला र पुरुष दुवैलाई अब १८ हजार

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टाेलीका महिला र पुरूष खेलाडीकाे तलबमा समानता कायम भएकाे छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको बिहीबार कार्यसमिति बैठकले राष्ट्रिय फुटबल टिमका खेलाडीको तलब वृद्धि समान रूपमा गरेकाे हाे । याेसँगै राष्ट्रिय फुटबल खेलाडीले समान रूपमा मासिक १८ हजार तलब पाउने छन् ।

यसअघि पुरुष खेलाडीले १५ हजार र महिला खेलाडीले मासिक ७ हजार मात्रै तलब पाउने गरेका थिए । लामाे समयदेखि खेल क्षेत्रमा महिला र पुरूषबीच विभेद भएका कुराहरू समेत उठिरहेकाे अवस्थामा अब भने तलबमा समानता कायम भएकाे छ ।

प्रतिक्रिया