अफगानिस्तानमा कार्यालय जाँदै गरेकी महिला पत्रकारको हत्या

एजेन्सी । अफगानिस्तानमा कार्यालय जाँदै गरेकी एक महिला पत्रकारको गोली हानी हत्या भएको छ ।

जलालाबादस्थित कार्यालय जाने क्रममा अज्ञात समूहकाे गाेली प्रहारबाट पत्रकार मलाला माइवन्डकाे मृत्यु भएकाे बीबीसीले जनाएकाे छ । उनी चढेकाे गाडीभित्रै गाेली हानी हत्या गरिएकाे हाे ।

बीबीसीका अनुसार उनकाे साथमा रहेका ड्राइभर माेहम्मद ताहिरकाे पनि हत्या भएकाे छ । माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन् । यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो ।

हत्या गर्ने समूहकाे अझैसम्म पहिचान भएकाे छैन ।

प्रतिक्रिया