माछापुच्छ्रे बैंकका थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्न थप शाखारहित बैकिङ्ग सेवा ञ्चालनमा ल्याएको हो ।

बैंकले स्याङजाको पुतलिबजार–१२, पेल्काचौर, कपिलबस्तुको शिवराज–०१, शिवपुर, कपिलबस्तुकै बुद्घभुमि–०९, बिजगौरी, कन्चनपुर बेलौरी–०३, गोकुलपुर, दार्चुलाको व्यास–०६, हुटी र दार्चुलाकै मलिकार्जुन–०६, उकुमा थप ६ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भए सँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ्ग सेवा १४१ पुगेको छ ।

ग्राहक सेवा केन्द्रकोरुपमा संचालित शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदनसमेत दिन सकिने छ । बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकले १६० वटा शाखाहरु लगायत १४१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानबाट ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएमहरु मार्फत सेवाप्रदान गरिरहेको छ ।

प्रतिक्रिया