अध्ययन टोलीको निष्कर्ष : सातामा दुई दिन सार्वजनिक बिदा दिन सकिन्छ (प्रतिवेदनसहित)

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वमा गठित अध्ययन समितिले साताकाे दुई दिन सार्वजनिक बिदा दिन सकिने निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाएकाे छ ।
सातामा दुई दिन बिदा कायम गर्दा आर्थिक रुपले कर्मचारी, कार्यालय र संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, पर्यटकीय दृष्टिले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने लगायतकाे निष्कर्ष समितिकाे छ ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न पर्यटन मन्त्रालयले मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराई, पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी, गृह मन्त्रालयका उपसचिव बासुदेव घिमिरे, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रतिनिधि सहितकाे समिति गठन गरेकाे थियाे ।
सातामा दुई दिन बिदा दिने प्रचलन अन्तर्राष्ट्रियस्तरमा निकै सफल र व्यवहारिक समेत मानिएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ । समितिका अनुसार विश्वका ८८ भन्दा बढि मुलुकमा सातामा दुई दिन बिदा दिने प्रचलन रहेको छ ।
हेर्नुहाेस् प्रतिवेदन:
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977043891″ /]








