इटालियन लेजेण्ड पाउलो रोसीको निधन

एजेन्सी । इटलीका फुटबल लिजेन्ड पाउलो रोसीको निधन भएकाे छ । इटालियन टिभी च्यानलले बिहीबार बिहान राेस्सीकाे निधन भएकाे खबर सार्वजनिक गरेकाे हाे । उनकाे निधनकाे कारण भने खुलेकाे छैन ।

१९८२ काे विश्वकपमा सर्वाधिक ६ गाेल गर्दै गाेल्डेन बुट जितेका उनकाे ६३ वर्षकाे उमेरमा निधन भएकाे हाे । त्यतिबेलाकाे विश्वकप इटलीले जितेकाे थियाे । विश्वकपमा इटलीले ब्राजिललाई ३–२ ले हराएको थियाे । खेलमा उनले निर्णायक ह्याट्रिक गरेका थिए । फाइनलसम्मै उनले उत्कृष्ट प्रदर्शन गरे, जसकारण गाेल्डेन बुटसँगै १९८२ को बेलोन डि अर र युरोपेली वर्ष खेलाडीको अवार्ड समेत जिते ।

युुभेन्टस् र एसी मिलानबाट व्यवसाहिक फुटबल खेलेका रोसीले दुुई पटक सिरिए उपाधि र युरोपेली कप पनि जितेका थिए । उनले आफ्नो करियरमा इटलीका लागि ४८ वटा अन्तर्राष्ट्रिय खेल खेले, जसमा कुल २० गोल गरे ।

प्रतिक्रिया