आज पनि घट्यो सुनको भाउ, तोलामा कति ? (मूल्यसहित)

काठमाडौं । पछिल्लाे केही दिनयता सुनको मूल्य निरन्तर ओरालो लागिरहेकाे छ ।

बुधबार प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज ९ सयले घटेर ९२ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आज ९२ हजार ५० तोकिएको छ । बुधबार तेजाबी सुन ९२ हजार ९५० मा कारोबार भइरहेको थियो । सुनचाँदी व्यवसायी संघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बुधबार एक हजार २१५ तोकिएको थियो ।

प्रतिक्रिया