भारतीय कवि मंगलेश डबरालको कोरोनाका कारण निधन

काठमाडौं । भारतीय वरिष्ठ कवि एवं पत्रकार मंगलेश डबरालको निधन भएको छ । ७२ वर्षीय डबरालको दिल्लीको एम्स अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

साहित्यकार आनन्द स्वस्प वर्मालाई उदृत गर्दै भारतीय संचार माध्यमले जनाएअनुसार कोरोना संक्रमण पुष्टि भएपछि उनको अस्पतालमा उपचार भइरहेको थियो । साहित्य प्रतिष्ठान पुरस्कारबाट सम्मानित कवि लेखक मंगलेश डबराल समकालिन हिन्दीको चर्चित कवि थिए ।

उनको निधनमा साहित्य जगतसँग जोडिएका कैयौं व्यक्तिले समवेदना दिएका छन् । पहाड पर लालटिन, घरका रास्ता, हम जो देख्ने हैं, आवाज भी एक जगह है और नयें युग मे्र शत्रु डबरालका पाँच काब्य संग्रह हुन् । उनले कविता, डायरी, गद्य, अनुवाद, सम्पादन र पटकथा लेखन लगायत साहित्यका विविध विधामा कलम चलाएका छन् ।

प्रतिक्रिया