आफ्नै १४ वर्षीया विद्यार्थी बालिका बलात्कार गरी शिक्षक फरार

दमक । झापामा एक शिक्षकले आफ्नै बालिका विद्यार्थीको बलात्कार गरेका छन् । झापा दमकस्थित एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा अध्ययनरत १४ वर्षीय बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

दमक प्रहरीका अनुसार विद्यार्थी बालिका बलात्कार पछि अभियुक्त शिक्षक फरार भएका छन् । प्रहरीले उनको व्यापक खोजी गरिरहेको बताएको छ ।

ती बालिका उक्त विद्यालयको होस्टेलमा बस्ने गरेकी थिइन् । प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटनाको विषयमा उजुरी आएसँगै प्रहरी अनुसन्धानमा जुटेको बताएका छन् ।

अनुसन्धानका क्रममा ती शिक्षक भारतीय भएको र उनी हाल फरार भई भारत छिरेको पण्डितले जानकारी दिए । बलात्कृत ती बालिका हाल परिवारकै साथमा रहेकी छिन् । प्रहरी श्रोतका अनुसार बालिकाको पेटमा ६ हप्ताको बच्चा रहेको छ ।

 

प्रतिक्रिया