प्रधान सेनापतिद्वारा पूर्वका गुल्म, गण तथा पृतनाको निरीक्षण

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले आज पूर्वका विभिन्न गण, गुल्म तथा पृतनाको निरीक्षण गरेका छन् ।

प्रधानसेनापति थापाले आज पाँचथरमा तैनाथ भैरवीदल गण, ताप्लेजुङ्गमा तैनाथ भिमकाली गुल्म, संखुवासभामा तैनाथ नयाँ रणभीम गुल्म र ईटहरीमा तैनाथ पूर्वी पृतना हेड क्वाटरको निरीक्षण भ्रमण गरेका छन् ।

सो क्रममा प्रधानसेनापति थापाले उक्त गण, गुल्म र पृतना हेड क्वाटरको स्थलगत निरीक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्दै सकलदर्जालाई सम्बोधन समेत गरेको पूर्वी पृतना इटहरीले जनाएको छ ।

प्रधान सेनापतिले भोली सैनिक अस्पताल, ईटहरी लगायत संखुवासभा, भोजपुर र ओखलढुङ्गामा तैनाथ युनिटहरुको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

तस्विरहरूः नेपाली सेना

प्रतिक्रिया