राजा गुहार्नेले ‘राणा’ आउ देश बचाऊँ भन्न बेर लाउँदैनन् : रामनारायण विडारी

काठमाडौं । पछिल्लो समय राजावादीहरुको प्रदर्शन बाक्लो रुपमा हुन थालेको छ । ०६२-६३ मा भएको आन्दोलनले राजतन्त्र उन्मूलन गरेको झण्डै डेढ दशकपछि राजावादी शक्तिहरु एकाएक जुर्मुराएको भन्दै विभिन्न टिकाटिप्पणी पनि भइरहेको छ । मंगलबार त प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शन तर्फ इंगित गर्दै संविधान विरोधी गतिविधिहरूको विरोधमा एकजुट हुन आग्रह नै गरे ।

यहिबीच राष्ट्रियसभा सांसद तथा नेकपाका नेता रामनारायण विडारीले राजावादी आन्दोलनप्रति तिखो टिप्पणी गरेका छन् । उनले राजा गुहार्नेले कुनै दिन राणा आउ देश बचाऊँ भन्न बेर लाउँदैनन् भन्दै सामाजिक सञ्चालमा टिप्पणी गरेका हुन् । ‘राजा गुहार्ने हुतिहाराले कुनैदिन राणा आउ भन्न बेर लाउँदैनन्, राणाले पुगेन भनेर हिटलर नै आउ भन्लान्,’ विडारीले भनेका छन्- ‘यिनको हिडाई दुर्गती पट्टी न छ ।’

उनले संघीन आरोप लगाउँदै अगाडि भनेका छन्- ‘देवताका मूर्ति बेचुवा, नमिता–सुनिता हत्या र बलात्कारीलाई धर्मावतार मान्नेको धर्मका नारा कसरी पत्याउनु ? आफै व्यापारीको शासन गर्नेले युवा कसरी सपार्नु ? सडक यही बोल्छ ।’ राजतन्त्र कायम रहेका देशमा पनि राजा मूर्तिमा परिणत भएको उल्लेख गर्दै विडारीले धर्मको नाममा पापी राज्य चलाउन नखोज्न चेतावनी दिए ।

प्रतिक्रिया