न्युन चापीय प्रणालीको प्रभावः कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू-भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ र बाँकि स्थानहरुमा मौसम सामान्यतय सफा रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ ।

  • यस्तो छ तीन दिनको पूर्वानुमान ?

मंसिर २४ गते (बुधबार)
दिउँसो : प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती : प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।सुदुर पश्चिम प्रदेशको हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंसिर २५ गते (बिहिबार)
दिउँसो : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

राती : प्रदेश नं १ का पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर २६ गते (शुक्रबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक-दुई स्थानमा हल्का/फाटफुट बर्षाको सम्भावना समेत रहेको छ ।

राती : देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रतिक्रिया