आईएमई लाइफ इन्स्योरेन्सको ‘च्याटबोट’ सञ्चालनमा

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘च्याटबोट’ सञ्चालनमा ल्याएको छ ।

आफ्ना बीमित, अभिकर्ता र सरोकारवाला व्यक्तिलाई विश्वको जुनसुकै स्थानबाट कम्पनीले प्रदान गर्ने सेवाहरूबारे २४ सै घण्टा जानकारी उपलब्ध गराउने उद्देश्यले कम्पनीेले I.M.E. LIFE 360-Your Virtual Assistant नामकाे च्याटबोट सेवा सञ्चालनमा ल्याएको हो ।

च्याटबोट सेवा मार्फत् बीमितले आफ्नो बीमा शुल्क भुक्तानी सम्बन्धि जानकारी लिनुका साथै बीमा शुल्क भुक्तानी तरिका, इच्छाएको व्यक्ति, मोबाइल नम्बर परिवर्तनको जानकारी लिन सकिने र अनुरोध पठाउन सकिने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार दाबी भुक्तानी प्रक्रिया, अभिकर्ता कमिशन, बैंक खाता, प्यान नं., मोबाइल नम्बर अद्यावधिक गर्ने, नयाँ अभिकर्ता बन्ने र अभिकर्ता इजाजतपत्र नवीकरण प्रक्रिया सम्मको जानकारी यसै च्याटबोट मार्फत् तत्कालै प्राप्त गर्न तथा अनुरोध पठाउन सक्ने प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बताए ।

प्रतिक्रिया