जबरजस्ती करणी गरेको अभियोगमा ६३ वर्षीय पुरूष पक्राउ
२०७७ मंसिर २३ गते

उदयपुर । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका-९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सूर्यले ती बालिकालाई सोही ठाउँ स्थित सिटी हलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
२०७७ मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








