च्याउ खानुहुन्छ ? जान्नुहोस् यसका फाइदा

काठमाडौँ । च्याउ शाकाहारी तरकारी हो । यो स्वादिष्ट हुन्छ । च्याउ स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । यसमा क्यालोरीको मात्रा कम हुनुका साथै थुप्रै पोषक तत्त्वहरू पनि पाइन्छन् । जसले शरीरलाई बढी भन्दा बढी लाभ पुर्‍याउँछ । यसलाई करी, सलाद, सूप र तरकारीहरू खाजा जस्तो बनाएर पनि खान सकिन्छ ।

भिटामिन डी शरीरको लागि धेरै महत्त्वपूर्ण छ । जसको अभावले हाम्रो शरीरमा थुप्रै रोगहरू निम्त्याउँछ। भिटामिन डी धेरै कम तरकारीहरूमा पाइन्छ र च्याउ ती मध्ये एक हो। दिनहुँ च्याउ खाँदा शरीरमा भिटामिन डीको आवश्यक मात्रा पूरा हुन्छ। भिटामिन डी सेतो र पोर्टाबेला च्याउमा बढी मात्रामा पाइन्छ।

यस्तै च्याउमा सेलेनियम पनि बढी मात्रामा पाइन्छ । यसले शरीरलाई फ्री रेडिकलबाट हुने क्षतिबाट बचाउँछ र प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ। यसले शरीरलाई भित्रबाट स्वस्थ राख्छ।

अब थाहा पाउनुस् च्याउले कसरी शरीरलाई फाइदा पुर्‍याउँछ त ?
मोटोपन घटाउन :-  च्याउमा भरपुर प्रोटिन हुन्छ । मोटोपन हटाउन चाहने व्यक्तिहरूले प्रोटिनयुक्त आहार खानुपर्छ । तौल घटाउनका लागि च्याउ पनि राम्रो विकल्पको रूपमा लिइएको छ ।

रोग प्रतिरोधक क्षमता बढाउन : च्याउ एक प्राकृतिक एन्टीबायोटिक तत्व हो । यसले माइक्रोबियल र फंगल सङ्क्रमणलाई हटाउँछ । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई हानि गर्ने फ्री र्‍याडिकलबाट बचाउँछ । शरीरका कोशिकाहरूको पनि मर्मत गर्नमा सहयोगी हुन्छ ।

क्यान्सरबाट बचाउँछ : च्याउमा बीटा ग्लाइसिन र लिनोलिक एसिड पाइन्छ । जसले क्यान्सरबाट बचाउन मद्दत गर्छन् । च्याउमा भएको काइटिन, लायसिन र प्रोटिन तत्त्वले शरीरमा ट्युमर बन्नबाट रोक्छ ।

मेटाबोलिजम बढाउन : च्याउमा भिटामिन बी पाइने भएकोले यसले खानालाई ग्लुकोसमा परिणत गरेर ऊर्जा उत्पन्न गर्छ र भिटामिन बी२ र भिटामिन बी३ ले मेटाबोलिजम बढाउँछ ।

मुटु राम्रो बनाउन : च्याउमा भएका इन्जाइमहरूले कोलेस्ट्रोलको स्तर घटाइ मुटुलाई स्वस्थ राख्न मदत गर्छ ।

कुपोषणबाट बचाउँछ : च्याउको सेवनले बालबालिकालाई कुपोषणबाट बचाउन मदत गर्छ । यो गर्भावस्थादेखि वृद्धावस्थासम्म सबैका लागि च्याउ निकै नै उपयुक्त आहार हो ।

मधुमेहमा फाइदा : च्याउमा भिटामिन, फाइबर र मिनरलहरू हुन्छन् अनि बोसो, कार्बोहाइड्रेट्स र सुगर हुँदैन । त्यसैले मधुमेहका रोगीले यसको सेवन गर्नु ठिक हुन्छ । यसले इन्सुलिन निर्माणमा सहायता गर्छ ।

पेटको समस्याबाट छुट्कारा : च्याउमा फाइबरको मात्रा पनि पाइने भएकोले यसको सेवनले पेटसम्बन्धी समस्याबाट छुट्कारा पाउन सकिन्छ । फाइबररहित आहार लिँदा अपच र कब्जियतको समस्या हुन्छ तर ताजा च्याउ खाँदा ती समस्याहरूबाट बचिन्छ ।

रक्तअल्पता हुन नदिन : च्याउमा फोलिक एसिड प्रचुर मात्रामा हुने भएकोले रक्त अल्पता हटाउने यसले महत्त्वपूर्ण भूमिका खेल्छ । यसमा भएको फलाम र फोलिक एसिडले हेमोग्लोबिनको स्तर सामान्य राख्छन् ।

च्याउले स्वास्थ्यलाई धेरै फाइदा गर्ने भए पनि सही च्याउ खाइएन भने अर्को खतरा निम्तिन सक्छ । च्याउ चिनेर मात्र खानुपर्छ धेरै च्याउ खायो भने एलर्जी पनि हुनसक्छ । अनि च्याउका केही विषालु प्रजातिहरू पनि हुन्छन् । यस्ता विषालु र कच्चा च्याउ खाँदा एलर्जी, दम, उल्टी, मति भ्रम, बेहोशी र वाकवाक लाग्ने समस्या हुन्छ । त्यसैले च्याउ किन्दा सावधानी अपनाउनुपर्छ । ताजा च्याउ मात्र खानुपर्छ । पुरानो र बासी च्याउले फुड पोइजनिङ पनि गराउँछ ।

पोषण विशेषज्ञका अनुसार च्याउलाई रै प्रकारका चीजहरू समावेश गरेर खान सकिन्छ । यसलाई तपाईँको दैनिक खानामा सलाद, तरकारी वा सूपमा समावेश गर्न पनि सकिन्छ ।

प्रतिक्रिया