आर्सनललाई हराउँदै टोटेनहम शीर्षस्थानमा

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा टोटनह्यामले आर्सनललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

टोटनह्यामको जितमा सन हेंग मिन र ह्यारी केनले एक एक गोल गरेका थिए ।

योजितपछि टोटनह्याम प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । टोटनह्यामको ११ खेलपछि २४ अंक रहेको छ । त्यस्तै आर्सनलको भने ११ खेलमा १३ अंक रहेको छ र लिगमा १५औ स्थानमा रहेको छ ।

प्रतिक्रिया