नेकपा स्थायी कमिटी बैठक शुरु भयो, प्रधानमन्त्री उपस्थित भएनन्

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीविनै स्थायी कमिटी बैठक शुरु भएको छ ।

निर्धारित समयभन्दा ३० मिनेटपछि सम्म ओलीलाई पर्खिए पनि उनी नआएपछि बैठक शुरु भएको हो । बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी भएका छन् ।

स्थायी कमिटी बैठकका लागि अरु सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा पर्खिरहेका बेला प्रधानमन्त्री ओलीले शीतल निवास गएर राष्ट्रपति भण्डारीसँग छलफल गरेका थिए ।

आजको स्थायी कमिटीमा दुवै अध्यक्षको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।

 

प्रतिक्रिया