काठमाडाैं, ओखलढुङ्गा, तेह्रथुममा तीन बलात्कार, तीन जना पक्राउ

काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री बहादुर धिताललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । धितालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै ओखलढुङ्गामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चम्पादेवी गाउँपालिका-बस्ने ३४ वर्षीय अम्मर बहादुर नेपालीलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अम्मरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चप्लु घोराखोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी तेह्रथुम, ५१ वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका-३ जलजले बस्ने २५ वर्षीय सिंहराज खापुङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो खापुङले मादक पदार्थ सेवन गरी ती महिलालाई जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।








