वीपी प्रतिष्ठानमा झापाकी ४५ वर्षीया संक्रमितको मृत्यु

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट थप एकको मृत्यु भएको छ । झापाको विर्तामोड–८ घर भएकी ४५ वर्षीया महिलाको गएराति करिब साढे १२ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानको सूचना केन्द्रका अनुसार ती महिलामा यही मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनमा मुटुसम्बन्धी समस्यासमेत रहेको अस्पतालले जनाएको छ । शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रतिक्रिया