मंसिर २१ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २१ गते । आईतबार । ईश्वी सन् २०२० डिसेम्बर ०६ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–षष्ठी,२४ घडी ४० पला,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–अश्लेषा,१४ घडी ५१ पला,दिउसो १२ बजेर ३९ मिनेट उप्रान्त मघा । योग– ऐन्द्र,०० घडी ५३ पला,बिहान ०७ बजेर ०३ मिनेट उप्रँन्त वैधृती । करण–वणिज,बेलुकी ०४ बजेर ३४ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ५८ मिनेट उप्रान्त बव । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कर्कट,मध्यान्ह १२ बजेर ३९मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०१ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर ४२ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर ४३ मिनेटदेखी बिहान ८ बजेर ०० मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ०१ मिनेटदेखी बिहान ९ बजेर १८ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर १९ मिनेटदेखी बिहान १० बजेर ३६ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ३७ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर १३ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १४ मिनेटदेखी दिउसो २ बजेर ३१ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३२ मिनेटदेखी दिउसो ३ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ५० मिनेटदेखी बेलुकी ६ बजेर ४९ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ४८ मिनेटदेखी बेलुकी ०५ बजेर ०६ मिनेटसम्म रहने ।

आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले भातिक सम्पत्तिमा विवाद हुनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना बढी नै हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउँनेछ । शिक्षा तथा अन्य व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आफन्त,साथिभाई तथा आमाबाट छुट्टिएर यात्रा गर्नुपर्दा मनमा खिन्नता पैदा हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ख्याल गर्नुहोला अनाबस्यक झन्झट बेहोर्नु पर्नेछ । अरुको भर पर्दा आफ्नो काम थाती रहन सक्छ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । तरपनि कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यापार व्यावसायमा लगानी गर्न पर्ख र हेरको रणनीति अपनाउनु होला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अध्यापनमा मन जानेछ । आफुलाई मन पर्ने भौतिक सम्पत्ति जोड्न पाउदा मन हर्सित हुनेछ । दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मन पर्ने साथिकासाथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निस्कने हुनाले मन प्रशन्न रहनेछ । साथिभाई तथा आफन्तसँग बसेर मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले आर्थिक गतिबिधि सम्बन्धी काम गर्दा बिशेष चनाखो रहनु होला समय मध्ययम रहेकोछ । अध्ययनमा समय दिए अनुसार नतिजा आउनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत सौहार्दपूर्ण वातावरणमा समय व्यातित हुनेछ । मध्यान्हबाट राजनीति तथा खेलकुदमा समय खर्चिने हरुका लागी समय उत्तम रहेकोछ । सुन्दर पहिरमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले दैनिक काममा बाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । आँखा तथा टाउकोमा समस्या आई उपचार खर्च बढ्ने योग रहेकोछ । मध्यान्हबाट समय राम्रो रहेकोले राम्रा काम गरी नाम,नाम तथा ईनाम कमाउन सकिनेछ । राजनीति तथा जनताको काम गर्नेहरुका लागी समयले साथ दिने हुँदा पद प्राप्तीको योग रहेकोछ । अग्रज तथा आफन्तको सुझाब लाभदायी बन्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय राम्रो रहेकोले आम्दानिका नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारि धन सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । मध्यान्हबाट समय मध्ययम रहेकोले घर परिवार तथा छिमेकमा अनाबस्यक बिवादमा परिनेछ । काम गर्दा ध्यान दिनुहोला दण्ड तथा जरिवाना तिर्नु पर्ला । बैदेशिक क्षेत्रसँग सम्बन्धीत काम फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) भावी जीवन र क्यारियरका निमित्त गम्भीर भएर सोच्ने तथा केही अग्रगामी समुन्नतिका निमित्त सुन्दर योजनाको निर्माण गरिने सकारात्मक संकेत समेत देखिन्छ । प्रविधिको प्रयोग मार्फत घरमै बसेर काम गर्दा लाभ मिल्नेछ । अध्ययनमा प्रविधिको प्रयोग गर्दै निरन्तारता दिन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले यात्रा गर्दा ध्यान दिनुहोला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) प्राविधिक काममा सफलता प्राप्त हुने भने नयाँ काम गर्ने अवसर आउनेछ । राजनीति तथा समाजसेवामा काम गरी पद प्राप्तीको योग रहेकोछ । हाकिम वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउनेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको सिर्जना गरी आर्थिक रुपमा सवल हुन सकिनेछ । । मिहिनेतले राम्रा काम गर्न सकिनेछ । माया प्रेमम रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समाजसेवा तथा कल्याणकारी काममा दिन बित्ने योग रहेकोछ । काम बन्नाले दिन उत्साहबर्धक रहनेछ । राजनीति तथा सरकारी काममा सफल भई नाम कमाउन सकिनेछ । धर्ममा मन जाने हुनाले धार्मिक स्थल तथा मन्दिर तिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । अध्ययन तथा लेखन क्षेत्रका समय लगानी गरी आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ । बिहानको समय मध्ययम रहेकोले भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिहानको समय राम्रो रहेकोले पारिवार तथा आफन्तका साथ भेटघाट हुने तथा मिष्टान्न भोजनमा साथ दिन कटाउन सकिनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित बस्तुहरु हात लाग्नेछ । व्यापारमा थोरै समय दिदा पनि प्रशस्त नाँफा हुने योग रहेकोछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्ने तथा उपचार खर्च बढेर जाने देखिन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यावसायमा मनमुटाब सिर्जना भई साझेदारहरु बीच फाटो हुन सक्छ ध्यान दिनुहोला । व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगिनै बिभिन्न कारणले यात्रा स्थगित गर्नुपर्ने हुन सक्छ । आफन्त तथा परिवारमा कामको तालमेल नमिल्दा मनमुटाव हुनेछ भने कस्ले के गर्ने भन्ने बिवाद सिर्जना हुनेछ । खानपान तथा वातावरणको ध्यान नदिय स्वास्थ्य सम्बन्धी समस्याले सताउने देखिन्छ । भौतिक साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बन्दव्यापार र कामधन्धाका क्षेत्रमा राम्रो प्रगती हुनेछ । छोटो दूरीको यात्राका लागी समय अनुकूल रहेकोछ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आत्मविश्वासमा अभिबृद्धि हुनेछ । मामा तथा अभिभावक वर्गसँग राम्रो सम्बन्ध रहने र महत्वपूर्ण सल्लाह र सुझाव प्राप्त हुनेछ । सानो प्रयासले अड्डाअदालत वा प्रशासनका क्षेत्रमा रोकिएका काम अघी बढ्नेछन् ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया