प्रधानमन्त्रीको उपस्थितिमै सचिवालय बैठक शुरु

काठमाडौं । नेकपा सचिवालय बैठक शुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकै उपस्थितिमा बैठक शुरु भएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यसअघि प्रधानमन्त्री आजको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे अन्यौल थियो । आजको बैठकमा अध्यक्षद्वय ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि छलफल गर्ने कार्यसूची छ ।

अध्यक्ष दाहाल यसअघि नै बालुवाटार पुगेका थिए । करिब १२ बजे बालुवाटार पुगेका उनले प्रधानमन्त्रीसँग झण्डै ३० मिनेट लामो वार्तासमेत गरेका थिए ।

यसअघि गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएपछि बैठक आजको लागि सारिएको थियो ।

प्रमका प्रेस सल्लाहकार सूर्य थापाको जानकारीः–

प्रतिक्रिया