आज मंसिर २०गते, यस्ताे छ आजको पञ्चाङ्ग तथा राशिफल

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल मंसिर २० गते । शनिबार । ईश्वी सन् २०२० डिसेम्बर ०५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–पंचमी,२६ घडी ५६ पला,बेलुकी ०५ बजेर २८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–तिष्य,१५ घडी २१ पला,दिउसो १२ बजेर ५० मिनेट उप्रान्त अश्लेषा । योग–ब्रम्ह,०५ घडी २३ पला,बिहान ०८ बजेर ५१ मिनेट उप्रान्त ऐन्द्र । करण–तैतिल,बेलुकी ०५ बजेर २८ मिनेट उप्रान्त गर,रातको ०५ बजेर ०४ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०२ पला । स्वयंसेवक दिवस ।

आजको बार बेला ।  

बिहान ०६ बजेर ४१ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ४२ मिनेटदेखी बिहान ८ बजेर ०० मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ०१ मिनेटदेखी बिहान ९ बजेर १८ मिनेटसम्म रोग  बेला ।
बिहान ०९ बजेर १९ मिनेटदेखी बिहान १० बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ३७ मिनेटदेखी बिहान ११ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखी दिउसो १ बजेर १२ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर १३ मिनेटदेखी दिउसो २ बजेर ३० मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ३१ मिनेटदेखी दिउसो ३ बजेर ४८ मिनेटसम्म काल बेला ।
दिउसो ३ बजेर ४९ मिनेटदेखी बेलुकी ६ बजेर ४८ मिनेटसम्म लाभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
बिहान ०९ बजेर १७ मिनेटदेखी बिहान १० बजेर ३५ मिनेटसम्म रहने ।

राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक क्षेत्रमा आफुले उठान गरिएका बिषयबस्तुहरु अरुले नै दाबि गर्न सक्छन् ध्यान दिनुहोला । अन्यकाममा व्यास्त हुँदा खोज तथा अनुसन्धानको क्षेत्र कमजोर रहने तथा पढाइ लेखाइ बिग्रनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । तरपनि  कृषि तथा पशुपालन व्यवसायबाट भने मनग्गे लाभ लिन सकिनेछ । बित्तिय क्षेत्रबाट आम्दानी गर्न सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग विवाद सिर्जना हुनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्नी बीच राय बाझिनेछ । बाहिरी वातावरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धी समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वातावरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईँको काममा सहयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ । पछिसम्म आम्दानि हुने व्यावसायमा लगानी बढाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्त तथा सहयोगिको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ ध्यान लिनुहोला । साना तिना घरेलु समस्याले सताउनेछ । आफनो भन्दा अरुकै काममा समय बित्नेछ । दिनभरु ब्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनमा सामान्य समस्या आउन सक्छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय मध्ययम रहेको असहज परिस्थिती सिर्जना हुनेछ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुने छैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठ सदस्यको स्वास्थ्यमा समस्या देखापर्न सक्छ । घर परिवारमा आफन्तहरु वीच घरायसी कुरामा राय बाजिनेछ । राज्यबाट नजिक भई काम गर्नेहरुले ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पुराना तथा रोकिएर बसेका कामहरु सुचारु हुने तथा थोरै समय दिएर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । आम्दानिका नयाँ स्रोतहरु फेला पर्ने तथा व्यापार व्यावसाय फस्टाएर जानेछ । सरकारी धन सम्पत्ति तथा पैत्रिक सम्पत्ति हात लागी हुने योग रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनुको साथै ईच्छित मनोकामनाहरु पुरा हुनेछन् । सुखदुखमा साथ दिने प्रसस्त भेटिने तथा चुनाैतिका पहाडहरु चिर्दै अगाडी बढ्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नुपर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रबाह गर्नेहरुले दुख दिन सक्छन् । व्यापार व्यावसायमा प्रशस्त समय खर्चिय पनि आम्दानी कमै हुनेछ । पढ्न लेख्नमा मन नजाने हुनाले अरुभन्दा पछि पर्ने अधिक सम्भावना रहेकोछ । पारिवारिक सम्बन्धमा चिसोपनको महशुष हुनेछ भने आफन्तहरु टाढिने हुँदा मन खिन्न रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रसस्त सम्भावना रहेको छ । धार्मिक पुस्तकहरुको अध्ययन गर्ने अवसर प्राप्त हुनेछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यावसायमा साथिभाई तथा आफन्तको सहयोग हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुन सक्छन् ध्यान दिनुहोला । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनेछ । कार्यक्षेत्रमा सिनियर्स हरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । मध्यान्हबाट समय राम्रो रहेकोले ग्रामिण भेगमा गरिने कृषि तथा पशुपालन व्यावसायबाट मनग्गने धन आर्जन गर्न सकिनेछ । औषधीजन्य तथा दैनिक उपभोग्य सामाग्रीको खरिद बिक्रीबाट लाभ लिन सकिनेछ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ  ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  सामान्यतया झैझगडा र वादविवादमा फस्ने योग रहेकोछ । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । आफन्त र मित्रवर्गको सहयोग नपाइने काम गर्न गाह्रो महशुष हुनेछ  । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा नआउन सक्छ । आफन्त तथा मावली पक्षसँग विचार नमिल्दा दैनिक कामहरु प्रभावित हुनेछन् ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइ गति तिब्र अगाडि बढ्नेछ भने बौद्धिक कार्यमा सहभागी भई उत्कृष्ट प्रश्तुती दिई भनेजस्तो पारिश्रमिक हात लगाउन सकिनेछ । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेकोछ । बंश बृद्धिको योग रहेकोछ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । शेयर बजार,बैक तथा बित्तिय क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । समुदायको हितमा काम गरी नाम कमाउन सकिनेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।
ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया