‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ सञ्चालनमा

काठमाडाैं । काठमाडौंकाे बनस्थलीमा अवस्थित समृद्धि स्कूल/कलेज ले ‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ सञ्चालनमा ल्याएकाे छ । सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित जनशक्ति स्वदेशमा नै उत्पादन गर्ने र समृद्धि कलेज, समृद्धि स्कूल र काठमाडौं विज्नेस क्याम्पस अन्तर्गत अध्यापन गराईने वि.सि.ए. र बि.बि.एस. कार्यक्रमका विद्यार्थीहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यले ‘समृद्धि सिस्को नेटवर्किङ्ग एकेडेमी’ सञ्चालनमा ल्याइएकाे हाे ।

बजारको आवश्यकता अनुरूप सुचना प्रविधि क्षेत्रमा एक्काइसौं शताब्दिको दक्ष जनशक्ति निर्माण गरी यस क्षेत्रमा योगदान गर्ने उद्देश्य राखिएकाे एकेडेमीले जनाएकाे छ । समृद्धि स्कूल/कलेजका अध्यक्ष मनोहर कुमार भट्टराईको अध्यक्षतामा उद्घाटन गरिएकाे समारोहमा कलेजका सि.ई.ओ. तथा प्रिन्सिपल नरेश प्रसाद श्रेष्ठले कोभिड १९ को बाबजुद पनि विद्यार्थीहरुको विकासका लागि अध्ययनरत आफ्ना विद्यार्थीहरुको उद्यमशीलता तथा रोजगारमुलक सीप प्रवर्द्धन गर्नको लागि यस एकेडेमीले निकै महत्वपूर्ण सहयोग पुर्याउने धारणा राखे ।

त्यसैगरी प्रमुख अतिथि पूर्व वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले अबको पुस्ताले समय सापेक्ष शिक्षा हाँसिल गरि सरकारी कामलाई ई गभरमेन्ट तथा पार्लियामेन्टलाई पनि ई पार्लियामेन्ट बनाई आई.टी. यूजर बढाउनु पर्ने धारणा राखे ।

त्यसैगरी अर्का प्रमूख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानका उप–कुलपति डा. सुनिल बाबु श्रेष्ठले यस कार्यक्रमले शिक्षा जगतमा नै नयाँ आयाम थपेको विचार व्यक्त गरे । श्रीलंकाबाट अनलाइनमार्फत् जाेडिएका सिस्को नेटवर्क एकेडेमी सार्ककी क्षेत्रीय मेनेजर सुश्री कालाहरि कलुरार्चीले नेपालको सूचना प्रविधि जनशक्ति निर्माणमा सिस्को नेटवर्क एकेडेमीले यथासम्भव सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।

प्रतिक्रिया