प्रदेश १ कोरोना अपडेट : २९४ जना डिस्चार्ज हुँदा १३५ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २२ हजार ७३१ पुगेको छ ।

प्रदेश १ मा आज १३५ जना कोरोना संक्रमित थपिएका छन् । माेरङमा ५२, सुनसरीमा ३५, झापामा २५, इलाममा ८, उदयपुर र संखुवासभामा २–२, पाँचथर, धनकुटा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

माेरङको विराटनगरमा २६, सुन्दरहरैचामा ८, बेलबारीमा ६, बुढीगंगा, केराबारी र सुनबर्षीमा २–२, रतुवामाई, पथरीशनिश्चरे, धनपालथान, कानेपोखरी, रंगेली र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा १५, धरानमा १०, बराहक्षेत्रमा ३, रामधुनीमा २, हरिनगर, दुहवी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका २, झापाको दमकमा ५, शिवसताक्षी, विर्तामोड र झापा गाउँपालिकामा ४–४, मेचीनगर र बुद्धशान्तिमा ३–३ र भद्रपुरमा २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता इलामको सुर्योदयमा ७, इलाम नगरपालिकामा १, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १–१, संखुवासभाको मकालु र खाँदबारीमा १–१, पाँचथरको कुम्बायक, धनकुटाको महालक्ष्मी र खोटाङको साकेलमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ९५५ पुगेको छ ।

प्रदेश १ मा आज ६७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५४ महिला र ८१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९४ हजार ८३९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया